कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार मान्ने ? : डा. चन्द्र भण्डारी

सेयर गर्नुहोस्

२६ पौष,काठमाडौ । क्रिकेट सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर्याइएपछि नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीले यो मुद्दाको सन्दर्भलाई नजोडिकन सैद्धान्तिक विषय उठाएका छन् । उनले बलात्कार कुन अवस्थालाई मान्ने भन्ने सम्बन्धमा कानूनी आवश्यकता भएको बताएका छन् ।

सामाजिक सञ्जालमा भण्डारीले लेखेका छन्,

‘कस्तो अवस्थालाई प्रेम र कस्तो अवस्थालाई बलात्कार ?

बलात्कार भनेको के हो ?  अनि प्रेम के हो ?

प्रेम बलात्कारमा परिणत हुन्छ कि हुँदैन ? परिभाषाको आवश्यकता!! ।’

उनको स्टाटसमा धेरैले सन्दीपमाथिको फैसलालाई जोडेर प्रतिक्रिया जनाएका छन् । बलात्कार सम्वन्धी कानून नै त्रुटिपूर्ण रहेको तथा सन्दीपमाथि गरिएको फैसला पनि एकपक्षीय रहेको अधिकांसको टिप्पणी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *