राष्ट्रियसभा निर्वाचनमा उम्मेदवारले ३ लाख ५० हजार खर्च गर्न पाउने

सेयर गर्नुहोस्

२९ पौष, काठमाडौं । राष्ट्रिय सभा सदस्यको उम्मेदवारले तीन लाख ५० हजारसम्म खर्च गर्न पाउने भएका छन् । निर्वाचन आयोगले आइतबार राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको चुनाव खर्चको सिमा तोकेको हो ।

आयोगका अनुसार मतदान नामावली खरिद, सवारी साधन र इन्धन, प्रचार सामाग्री, गोष्ठी अन्तरक्रिया, प्रचार प्रसार कार्यालय सञ्चालन लगायत गरी कुल तीन लाख ५० हजार रूपैयाँसम्म खर्च गर्न सकिनेछ । उम्मेदवारले बैंक तथा वित्तीय संस्थामा खाता खोलेर त्यसबाट खर्त गर्नुपर्नेछ । र, निर्वाचन सकिएको ३० दिनभित्र आयोगमा विवरण बुझाउन समेत निर्वाचन आयोगले उम्मेदवारहरूलाई आग्रह गरेका छ । राष्ट्रिय सभाका १९ सिटका लागि ११ माघमा निर्वाचन हुँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *