आफ्ना उम्मेदवारहरुलाई भोट दिन गठबन्धनका शीर्ष नेताहरु

सेयर गर्नुहोस्

२९ पुस, काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरुले आफ्ना उम्मेदवारहरुको नामावली सार्वजनिक गर्दै गठबन्धन दलका उम्मेदवारका लागि भोट दिन आग्रह गरेका छन् ।  आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकपछि नेताहरुले संयुक्त अपील जारी गरेका हुन् । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनीतिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि भएको भन्दै नेताहरुले गठबन्धनका पक्षमा दृढतापूर्वक उभिन आवश्यक रहेको संयुक्त अपीलमा उल्लेख गरेका छन् । संयुक्त अपीलमा प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव, नाउपा अध्यक्ष रञ्जिता चौधरी, लोसपा अध्यक्ष महन्थ ठाकुर र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षर छ ।  

आइतबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले राष्ट्रियसभामा गठबन्धनको तर्फबाट उठाइएका उमेदवारहरूलाई जिताउन संयुक्त आह्वान गरेका हुन् । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका उमेदवार सबैका साझा उमेदवार भएकाले सबैले मतदान गरेर जिताउनका लागि शीर्ष नेताहरूले आह्वान गरेको बताए । उनले प्रदेशमा र जिल्लामा समन्वय समितिहरू गठन भएको बारेमा नेताहरूलाई ब्रिफिङ गरिएको पनि बताए ।

सरकारमा रहेका, सरकारलाई सहयोग गरिरहेका राजनीतिक दलका प्रमुख नेताहरूको बैठक हो । यो बैठक राष्ट्रियसभा निर्वाचनका लागि हो । राष्ट्रिसभा निर्वाचनको सत्ता पक्षका गठबन्धनका साझा उमेदवारहरूलाई कसरी जिताउने भन्ने छलफल भयो । संयुक्त अपिल जारी गर्ने काम भएको छ । सबै सात दलका नेताहरूले संयुक्त रूपमा हस्ताक्षर गरेर १९ जना उमेदवार नै हामी सबैका साझा उमेदवार हुन् र सबैले मतदान गरेर जिताउनका लागि भनेर आह्वान गर्ने काम भएको छ। उनले भने । आगामी माघ ११ गते राष्ट्रियसभाको निर्वाचन हुँदैछ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *