न्यायाधीश अभावको कारण आलमविरुद्धको मुद्दाको कारवाही अघि बढे्न

सेयर गर्नुहोस्

२९ पौष, काठमाडौं । जिल्ला अदालत रौतहटमा न्यायाधीश अभावका कारण मोहम्मद अफताब आलमविरुद्धको मुद्दाको पेसी नतोकिएको बताएको छ । जिल्ला अदालतका श्रेष्तेदार उद्धव ढोडारीले न्यायाधीशहरु विदामा भएकाले पेसी नतोकिएको बताए । उनका अनुसार सात न्यायाधीहरुमध्ये आइतबार दुई जना न्यायाधीशहरु मात्र अदालतमा उपस्थित छन् । सरकारी वकिल र आलमका वकिलबाट बहस नोट प्राप्त भइसकेकाले रौतहट जिल्ला अदालतले मुद्दामा अन्तिम सुनुवाइका लागि आज पेसी तोकेको थियो ।

तर धेरैजसो न्यायाधीशहरु विदामा भएकाले पेसीमा चढेन । गत कात्तिक तेस्रो साता अदालतले मुद्दाको गाम्भीर्य र जटिलता विचार गरी सरकारी वकिल र आलमका वकिललाई १५ दिनभित्र बहस नोट पेश गर्न आदेश दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *