राष्ट्रिय सभा सदस्य चुनावका लागि उम्मेदवारलाई चुनाव चिह्न प्रदान

सेयर गर्नुहोस्

२८ पौष, काठमाडौं । आगामी माघ ११ गते बिहीवार हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि आज निर्वाचन आयोगले उम्मेदवारलाई चुनाव चिह्न प्रदान गरेको छ । आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन आयोगको स्वीकृत कार्यक्रमअनुसार निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरेको हो । सातवटै प्रदेश निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारलाई सम्बन्धित दलको चुनाव चिह्न प्रदान गरिएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार कोशी प्रदेशमा पाँच, मधेसमा पाँच, बाग्मतीमा १५, गण्डकीमा आठ र लुम्बिनी, कर्णली र सूदुरपश्चिम प्रदेशमा छर छ जना गरी आठ राजनीतिक दलका ५१ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । सातै प्रदेशमा महिला समूहतर्फ १८, दलित समूहतर्फ पाँच, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायतर्फ आठ र अन्य समूहतर्फ २० गरी जम्मा ५१ जना उम्मेदवार रहेका छन् । यही पुस २३ गते उम्मेदवारी मनोनयनपत्र दर्ता गरिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *