आज पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना

सेयर गर्नुहोस्

१ माघ, काठमाडौं । आज नेपालमा पहाडी तथा हिमाली भू–भागमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले बताएको छ । बङ्गलादेशको दक्षिण भू–भाग आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेकाले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको हो। महाशाखाका अनुसार अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रहनुका साथै तराईका अधिकांश स्थानमा हुस्तुरकुहिरो लागेको छ । दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँक भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । रातिको समयमा पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज काठमाडौँको न्यूनतम् तापक्रम ५ दशमलव २ र अधिकतम तापक्रम १९ दशमलव ५ डिग्रीसेल्सियस रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *