धुम्बाराहीमा १३ महिना बिताएर निजी निवास सरे सभापति देउवा

सेयर गर्नुहोस्

३ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्नो निजी निवास बुढानीलकण्ठ सरेका छन् । २०७८ असार २९ मा प्रधानमन्त्री नियुक्त भएका देउवा साउन १ मा निजी निवासबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सारेका थिए । 

प्रधानमन्त्रीबाट पदमुक्त भएपछि २०७८ पुस १३ मा देउवा बुढानीलकण्ठमा रहेको निजी निवास मर्मत भइरहेकाले बालुवाटारबाट धुम्बाराहीस्थिति कूटनीतिज्ञ कुलचन्द्र गौतमको घरमा भाडामा सरेका थिए । धुम्बाराहीमा १३ महिना बिताएर देउवा आज निजी निवास सरेका हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *