न्यायाधीश गिरीविरुद्धको रिट हेर्न नभ्याइनेमा

सेयर गर्नुहोस्

३ माघ, काठमाडौं । निलम्बित न्यायाधीश भुवन गिरी विरुद्ध दायर भएको रिट निवेदन बुधबार हेर्न नभ्याइने सूचीमा परेको छ । निवेदनमाथि न्यायाधीश द्वय डा। मनोजकुमार शर्मा र सुनिल पोखरेलको संयुक्त इजलासमा पेसी तोकिएको थियो ।  न्यायाधीश गिरीलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने भन्दै उनकी पत्नीद्वारा दायर रिट निवेदनमा बुधबार सुनुवाइ हुन लागेको थियो । न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावलले कपिलवस्तु र काठमाडौँ जिल्ला अदालतमा पतिविरुद्ध वैवाहिक बलात्कारको जाहेरी दिएकी थिइन् । दुवै जिल्ला अदालतबाट न्यायाधीश गिरीलाई धरौटीमा रिहा गर्ने आदेश भएको थियो । न्यायाधीश गिरीविरुद्ध दायर भएको वैवाहिक बलात्कारको मुद्दा दुवै जिल्ला अदालतहरूमा विचाराधीन अवस्थामै रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *