माओवादी विधान अधिवेशनमा प्रत्यक प्रतिनिधिबाट १ हजार उठाउने

सेयर गर्नुहोस्

३ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले विधान अधिवेशनका क्रममा प्रतिनिधिबाट प्रतिव्यक्ति १ हजार रुपैयाँ उठाउने भएको छ । आगामी फागुन १ देखि ३ गतेसम्म राजधानीको कमलादीमा हुने तय भएको विधान अधिवेशनमा प्रतिप्रतिनिधि १ हजारका दरले प्रवेश शुल्क लिने निर्णय भएको हो ।

विधान अधिवेशनमा केन्द्रीय सदस्यहरू, वैकल्पिक केन्द्रीय सदस्यहरू, केन्द्रीय सल्लाहकारहरू, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चका सदस्यहरू, केन्द्रीय आयोगका सदस्यहरू, प्रदेश समितिका पदाधिकारीहरू, जिल्ला संयोजकहरू, महानगरका अध्यक्षहरू, केन्द्रीय विभागका सचिवहरू, केन्द्रीय ज।व।स।÷मोर्चाका प्रमुखहरू प्रतिनिधिहरू हुनेछन् । प्रतिनिधिहरूले हल प्रवेश गर्नुभन्दा पहिले आफूले बुझाउन बाँकी लेवी र प्रवेश शुल्क अनिवार्य रूपमा बुझाउनु पर्ने माओवादीको भनाइ छ । विधान अधिवेशनअघि माओवादीले तल्ला कमिटीहरूमा मस्यौदा विधान–२०८० माथि छलफल चलाउने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *