दुई करोड नगदसहित कपडा व्यवसायी अग्रवाल पक्राउ

सेयर गर्नुहोस्

५ माघ, काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध विदेशी मुद्रा, हुण्डी र सुन कारोबारका संलग्न रहेको आरोपमा कपडा व्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ । राजस्व अनुसन्धान विभागले उनलाई बिहिबार राती पक्राउ गरेको हो । विभागको टोलीले बिहीबार राति क्षेत्रपाटी स्थित उनको घरमा छापा मारी २ करोड नगद सहित पक्राउ गरेको जनाएको छ । अग्रवाल सुन, हुन्डी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न भएको विभागले जनाएको छ । अग्रवालको घरबाट २ हजार अमेरिकी डलर पनि बरामद भएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *