नेपाल प्रहरीको ८ सय २६ हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा

सेयर गर्नुहोस्

५ माघ, काठमाडौं । नेपाल प्रहरीको जनपदतर्फका ८ सय २६ हवल्दारको बढुवा भएको छ । प्रहरी हवल्दारबाट प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा तथा पदस्थापन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान गर्न सम्बन्धित कार्यालयहरूलाई निर्देशन दिइएको छ । लामो समयदेखि उनीहरुको बढुवा हुन सकेको थिएन । प्रहरी प्रशासनले उनीहरुके बढुवा लगत्तै पदस्थापनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *