जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

सेयर गर्नुहोस्

५ माघ, काभ्रे । पनौती नगरपालिका-४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । धुलिखेल नगरपालिका-१२ बस्ने ४६ वर्षीय विकास तामाङ ७ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *