यू-१९ विश्वकपअन्तर्गत नेपाली टोली न्युजिल्यान्डसँग खेल्ने

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । नेपालले दक्षिण अफ्रिकामा जारी यू.१९ विश्वकपअन्तर्गत आफ्नो पहिलो खेलमा आज टेस्ट टोली न्युजिल्यान्डसँग खेल्ने भएको छ । खेल नेपाली समय अनुसार दिउँसो १. ४५ मा वेस्ट लन्डनमा सुरु हुनेछ । नेपालको कप्तानी देव खनाल र न्युजिल्यान्डको ओस्कर ज्याक्सनले गर्ने छन् । समूह डी बाट शीर्ष तीनमा रहँदै सुपर सिक्स खेल्न आजको नतिजा दुवै टोलीलाई निकै महत्वपूर्ण हुनेछ । नेपालले यू–१९ विश्वकप इतिहासमा हालसम्म न्युजिल्यान्डसँग हारेको छैन । दुई पटक खेल्दा दुवैमा नेपाल विजयी भएको छ । २००६ को प्लेट फाइनलमा नेपाल एक विकेट र २०१६ को समूह चरणको भेटमा नेपाल ३२ रनले विजयी भएको थियो ।

सिनियर टोलीले विश्वकपमा सानदार प्रदर्शन गरे पनि यू–१९ भने तुलनात्मक रुपमा न्युजिल्यान्डको प्रदर्शन कमजोर रहँदै आएको छ । दक्षिण अफ्रिका तीव्र गतिका बलरलाई बढी सहयोग मिल्ने गर्दछ । नेपालले खेल्ने आजको बफेलो पार्कमा पाकिस्तान र अफगानिस्तानसँगको खेलमा पनि तीव्र गतिका बलर हाबी बनेका थिए । नेपालका गुलशन झाको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । सिनियर टोलीका प्रमुख अलराउन्डर समेत रहेका गुलशनबाट टोली ब्याटिङ र बलिङ दुवैमा ठूलो अपेक्षा गर्नेछ । उनले नेपालको लागि २४ ओडीआई र १४ टी–२० आई खेल खेलेका छन् । भारत, पाकिस्तान र वेस्टइन्डिज जस्ता ठूला टोलीविरुद्ध खेलेको अनुभव गुलशनसँग छ । बायाँ हाते तीव्र गतिका बलर दुर्गेश गुप्ता र आकाश चन्द पनि नेपालका तीव्र गतिका बलिङ हतियार हुन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *