राप्रपाले राजा ल्याउने सपना नदेख्दा हुन्छ : दुर्गा प्रसाँई

सेयर गर्नुहोस्

७ पौष, हेटौँडा । नागरिक बचाउ अभियानका अध्यक्ष दुर्गा प्रसाईँले राप्रपाले राजा ल्याउँछ भनेर आश गर्नु बेकार रहेको बताएका छन् । आज हेटौँडामा भएको नागरिक सभालाई सम्बोधन गर्दै प्रसाईँले राप्रपाले राजा देखाएर राजनीति मात्र गरेको आरोप लगाए । उनले भने( राजा भनेको बाघ हो, राप्रपाले राजा ल्याइदिन्छ, हिन्दु राज्य ल्याइदिन्छ भनेर आश नगर्नुस्, म राजा देखाएर हिन्दु धर्म देखाएर सत्तामा जाने मान्छे हैन ।

उनले राप्रपालाई ‘राजवादी हुँ’ भन्दै हिँडेर नाटक नगर्न अनुरोध गरे । राप्रपा र एमालेसँग निकै आक्रामक देखिएका प्रसाईँले एमालेले गाउँ गाउँ लघुवित्त छिराएर हरेक नागरिकलाई रुने बनाएको बताए । रवि लामिछानेले जीवी राईलाई मलेसियामा लुकाएर राखेको भन्दै उनले लामिछानेले सहकारी समस्या समाधान गर्छु भन्नू हास्यास्पद भएको उल्लेख गरे । अहिलेको सरकारले निमुखा नागरिकलाई दमन गरेको भन्दै प्रसाईँले घरबार जोगाइदेऊ भन्दै आन्दोलनमा उत्रेका नागरिकलाई लाठी हान्ने सरकारबाट आम नागरिकले कसरी विश्वास गर्ने भन्दै प्रश्न गरे । आफू क्यान्सरको दुई पटक अप्रेसन गरेर जनताको मुक्तिको लागि हिँडेको भन्दै उनले मर्नु भन्दा पहिले जनतालाई मुक्ति दिलाएरै छाडने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *