पूर्वराजा ज्ञानेन्द्र शाहले आज हेटौँडामा शुभेच्छुकसँग भेटघाट गर्ने

सेयर गर्नुहोस्

७ पौष,हेटौँडा । पूर्वराजा ज्ञानेन्द्र शाह आज बागमती प्रदेशको राजधानी हेटौँडा आउँदै छन् । हेटौंडामा रहेका धार्मिक क्षेत्रहरूको अवलोकन तथा पूजा आराधना र शुभेच्छुकहरूसँग प्रत्यक्ष भेटघाटका उनी यहाँ आउन लागेको राप्रपा मकवानपुरले जनाएको छ ।

पूर्वराजा शाहलाई आज दिउँसो १२ बजे हेटौँडा- १५ स्थित चुरियामाई मन्दिरमा स्वागत गरिने बताइएको छ । उनी हेटौँडा(१३ पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बा र दिउँसो २ः३० बजे हेटौँडा-१० स्थित भुटनदेवी मन्दिरमा पुग्नेछन् । उनले हेटौँडा-५ स्थित हेटौँडा रिसोर्टमा शुभेच्छुकसँग भेटघाट गरेर आजै काठमाडौं फर्किने कार्यपालिका रहेको पनि राप्रपा मकवानपुरले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *