जागिर खाने नाममा कानुन विपरित कार्य नगरौँ : प्रधानमन्त्रि

सेयर गर्नुहोस्

७ माघ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जागिर खाने नाममा देशको कानुन उल्लंघन भइरहेको बताएका छन् । आइतबार युगान्डा भ्रमण सकेर फर्किएका प्रधानमन्त्री प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै रुस, युक्रेन सेनामा नेपालीहरू भर्ती भएको विषयबारे जानकारी दिँदै जागिर खाने नाममा राज्यको नीति विपरीत, संविधानको मर्म विपरीत, र लोकतान्त्रिक राष्ट्रिय स्वाधीनताको भावना विपरीत सेनामा भर्ती नहुन आग्रह गरेका हुन् ।

प्रधानमन्त्री दाहालले विगतमा सम्झौता भएका भारत र बेलायतबाहेक अन्यत्र कतै पनि नेपाली युवाहरूलाई सेनामा भर्ती गर्न दिने प्रावधान नरहेको जिकिर गरे । उनले रुसलाई युगान्डा भ्रमणका क्रममा पनि नेपाली युवाहरू सेनामा भर्ती नगर्न र मृतकको क्षतिपूर्तिसहित शव फर्काइदिन आग्रह गरिएको पनि बताए । रुस वा युक्रेनमा त्यहाँको लडाइँमा नेपालीहरू रुसी सेनामा भर्ती भएको वा अन्यत्र भर्ती भएको भन्ने बारेमा सरकार निकै गम्भीर र संवेदनशील रहेको प्रधानमन्त्रिले बताएका छन् ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *