संसदीय समितिहरु क्यालेण्डर अनुसार सञ्चालन हुन सकेन : सभामुख घिमिरे

सेयर गर्नुहोस्

७ माघ,काठमाडौं । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसदीय समितिहरू क्यालेण्डरअनुसार सञ्चालन हुन नसकेको बताएका छन्। आइतबार संसदीय समितिका सभापतिहरूसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। 

उनले अबको संसदलाई प्रभावकारी ढंगबाट लैजानको लागि क्यालेण्डर बनाएर कार्यान्वयन गरेर अघि बढ्ने गरी सभापतिहरूसँग छलफल भएको बताए। उनले हिउँदे अधिवेशन चाँडै बोलाउने र तयारी छिटो गर्ने काम भइरहेको पनि बताए। उनले संसदको महासचिव नियुक्तिबारे आफूले आफ्नो ठाउँबाट गर्नुपर्ने सिफारिस गरिसकेको र टुंग्याउनुपर्ने स्थानबाट छिटो टुंगिएला भन्नेमा आशावादी रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *