मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु

सेयर गर्नुहोस्

८ माघ, पाल्पा । पाल्पाको रम्भा गाउँपालिका १ स्थित कालीगण्डकी करिडोर सडकखण्डको भोवरमा १४ प ३७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गएराति एक युवकको मृत्यु भएको छ । मृत्युहुनेमा रम्भा १ असेर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक एवं प्रवक्ता श्रीराम भट्टले जानकारी दिए । मोटरसाइकल सडकदेखि करिब दुई सय मिटर तल खसेको र शव परीक्षण लागि रामपुर अस्पताल लगिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *