आफुले टिकट नपाएमा पार्टीलाई अन्तर्घात गर्न हुँदैन : सभापति देउवा

सेयर गर्नुहोस्

८ माघ, काडमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफुले टिकट नपाएमा पार्टीलाई अन्तर्घात गर्न नहुने बताएका छन् । सोमबार नेपाली कांग्रेस पर्वतको जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले टिकटको आकांक्षीहरू धेरै हुने तर समावेशीसहितका पदहरूमा भाग लगाउँदा आशा गरेका थोरैले मात्रै टिकट पाउने अवस्था हुने बताए । सबैले टिकट नपाउने भन्दै टिकट पाएकाले नपाएकालाई साथमा हिडाउनुपर्ने बताए । उनले टिकट बितरणमा उचित मूल्यांकनको आधार बनाउने समेत प्रतिबद्दता जनाए । सम्मेलनका लागि जिल्लाभरबाट सयौं कार्यकर्ता कुश्मा आएका थिए ।

कार्यक्रममा कांग्रेस नेता तथा पूर्व महामन्त्री शशांक कोइरालाले कांग्रेसमा अनुशासनको खाँचो भएको औल्याए । उनले अनुशासन नहुँदा कांग्रेसमा पटक–पटक अन्तरघात भएको बताए । उनले कांग्रेस हार्दा आफ्नै कारणले हार व्यहोरेको टिप्पणी गरे । ‘कांग्रेसलाई कसैले हराउन सक्दैन,’ उनले भने, ‘कांग्रेस कांग्रेसकै कारणले हारेको छ । कांग्रेस नहार्न पार्टीमा अनुशासन चाहिएको उनले बताए । आफ्नो नेतालाई स्वीकार्न नसक्नु पार्टी भित्रको अनुशासनहीन काम भएको टिप्पणी गरे । उनले अनुशासनमा बस्न ताकत चाहिने पनि बताए । कार्यक्रममा अर्का नेता चन्द्र भण्डारीले राजनीतिक दल, नेता र कार्यकर्ता जनताको चाहना अनुसार अपडेट हुनुपर्ने बताए । ’जबसम्म नेताहरु जनताको चाहना अनुसार अपडेट हुँदैनन्, तब सम्म राजनीतिमा वितृष्ण बढिरहनेछ,’ भण्डारीको भनाइ छ । ‘मोवाइल, टिभी र आइफोन जस्तै नेता कार्यकर्ता अपडेट हुनुपर्ने उनको भनाइ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *