अमेरिकामा बनाइने नेपाली सांस्कृतिक भवनका लागि सहयोग गर्न सक्छौँ : बालेन साह

सेयर गर्नुहोस्

११ माघ,काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहले संयुक्त राज्य अमेरिकाको कोलोराडोस्थित बोल्डर नगरमा निर्माण हुने काठमाडौँको सम्पदा झल्किने सांस्कृतिक भवनका लागि प्राविधिक सहयोग गर्न सकिने बताएका छन् । प्रमुख साहसँगको भेटमा बोल्डर नगरका प्रमुख आरोन ब्रोकेटले आफ्नो नगरमा नेपाली समुदायले सांस्कृतिक भवन निर्माण गर्ने योजना बनाएको बताउँदै यसमा आपसी सहभागिताको विषय उठाएका थिए । जवाफमा शाहले प्राविधिक सहयोग गर्न सकिने बताएका हुन् । 

सांस्कृतिक भवनले आपसी सामाजिक क्रियाकलाप आदानप्रदान गर्न सहज हुने उनको विश्वास थियो। भेटका क्रममा ब्रोकेटले, नगरबिचको भगिनी सम्बन्धबाट जनताहरु आपसमा नजिक हुने बताए । ब्रोकेटले काठमाडौँ महानगरपालिकाले गरेका कामका विषयमा आफूले विभिन्न माध्यमबाट जानकारी पाएको बताउँदै प्रमुख शाहलाई बोल्डर नगरको सहरी व्यवस्थापन अवलोकनका लागि निमन्त्रणा दिए । दुई नगरका बिचमा वि.सं. २०७६ वैशाख २९ गते (सन् २०१९ मे १२) भगिनी सम्बन्ध स्थापना भएको हो । भेटका क्रममा दुई नगरका प्रमुखहरुले हस्ताक्षर गरेर सम्बन्ध नविकरण समेत गरेका छन् । काठमाडौँ महानगरपालिकासँग अन्तर्राष्ट्रिय १६ वटा नगरसँग भगिनी सम्बन्ध रहेको छ ।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *