प्रदेशसभा निर्बाचनको मतदान सकिँदापनि मतदान गर्न पुगेनन् धनगढीका मेयर

सेयर गर्नुहोस्

११ माघ, कैलाली । सुदूरपश्चिम प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचनमा प्रदेशसभा सदस्यहरूको मतदान सकिदा पनि धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमाल मतदान गर्न पुगेका छैनन् । ५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन् । उनीहरू सबैले मतदान गरेको मतदान केन्द्रका सहायक कर्मचारी युवराज जैशीले जानकारी दिए । उनका अनुसार सबैभन्दा पहिले माओवादी केन्द्रका सांसद ओमविक्रम भाट सरल र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए ।

अर्को मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ तीन जनाले मतदान गर्न बाँकी रहेको छ। यहाँ ५२ जना प्रदेशसभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२७ जना मतदाता रहेका छन् । सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली कांग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक क्लस्टरतर्फ कांग्रेसकै नारायणदत्त भट्ट र महिला क्लस्टरतर्फ माओवादीकी रेणु चन्द उम्मेदवार छन् । एमालेले भने अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन् । अहिलेसम्म धनगढीका मेयर गोपाल हमाल र भजनीका उपमेयर राजु तिरुवा मतदान गर्न आइनपुगेको मतदान केन्द्रका कर्मचारीले बताए । हमाल स्वतन्त्र निर्वाचित हुन् भने तिरुवा नागरिक उन्मुक्तिबाट निर्वाचित हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *