स्वतन्त्र मेयरहरुले गरे राष्ट्रियसभा निर्वाचन बहिष्कार

सेयर गर्नुहोस्

११ माघ, काठमाडौं ।  राष्ट्रियसभा सदस्यको निर्वाचनमा तीन चर्चित मेयरले निर्बाचन बहिष्कार गरेका छन् । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह, धरान उपमहानगरका मेयर हर्क साम्पाङ र धनगढी उपमहानगरका मेयर गोपाल हमालले मतदान गरेका छैनन् । निर्वाचनका लागि बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्मका लागि मतदानको समय तोकिएको थियो। तर, स्वतन्त्र जितेका तीन मेयरले भोट हाल्न गएनन् । उपमेयर सुनिता डंगोल हेटौंडा पुगेर भोट हाल्दा मेयर शाह काठमाडौंमा रहे।

उपमेयर डंगोल एमालेबाट निर्वाचित हुन् । प्रमुख साहले यसअघि प्रदेशसभाको निर्वाचनमा पनि भोट हालेका थिएनन् । यस्तै, धरानका मेयर साम्पाङले पनि भोट हालेनन् । उपमेयर आइन्द्रविक्रम वेघा मतदानका लागि विराटनगरमा पुग्दा उनी धरानै छन् । उपमेयर वेघा माओवादीबाट निर्वाचित हुन् । धनगढीका मेयर हमालले पनि भोट हालेनन् । हमालले भोट हाल्न नगएकोबारे कुनै प्रतिक्रिया दिएका छैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *