नाइट्रोजन ग्यास सुघाएर मृत्युदण्ड

सेयर गर्नुहोस्

१२ माघ, काठमाडौं । अमेरिकाको अलाबामामा हत्याको आरोपमा दोषी ठहर भएका केनेथ यूजीन स्मिथलाई अमेरिकी इतिहासमै पहिलो पटक नाइट्रोजन ग्यास सुघाएर मृत्युदण्ड दिइएको छ । यो विधिबाट मृत्युदण्ड दिन नहुने भन्दै अधिकारकर्मीले चर्को विरोध गरेका थिए । तर, उनलाई बिहीबार सोही विधिबाट मारिएको बीबीसीले जनाएको छ । अमेरिकाको मृत्युदण्ड सूचना केन्द्रका अनुसार स्मिथ विश्वको कुनै पनि ठाउँमा शुद्ध नाइट्रोजन ग्यास प्रयोग गरी मृत्युदण्ड पाउने पहिलो व्यक्ति हुन् । अक्सिजन बिना नाइट्रोजन सास फेर्दा शरीरका कोशिका भाँचिन्छ र मृत्यु हुने चिकित्सकहरू बताउँछन् ।

५८ वर्षीय स्मिथले सर्वोच्च अदालतमा दुईवटा अन्तिम अपील र एउटा संघीय पुनरावेदन अदालतमा हारेका थिए । यसअघि उनलाई घातक सुई दिएर मार्ने प्रयास गरिए पनि असफल भएको थियो । सुई दिन हातमा नसा फेला नपरेपछि उनी बचेका थिए । उनलाई सन् १९८९ मा एक प्रचारककी श्रीमती एलिजाबेथ सेनेटको हत्या अभियोगमा दोषी ठहर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *