जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था अन्त्य गर्नुपर्छ : अध्यक्ष ओली

सेयर गर्नुहोस्

१५ माघ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जो कोहीले पनि सजिलै एसिड पाउन सक्ने अवस्था अन्त्य गर्नुपर्ने बताएका छन् । एसिड (तेजाब) आक्रमणबाट पीडित किशोरी र महिलाहरूका पीडा र जीवन कथालाई समेटर निर्माण हुने चलचित्र ‘नमेटिने घाउ’को घोषणा कार्यक्रममा उनले प्रशासनिक सजगताविना एसिड पाउन नसक्ने बनाउनुपर्ने बताएका हुन् ।

‘यो प्रशासनिक सजगताबिना एसिडको उपलब्धता नै हुनु हुँदैन । कसले एसिड किनेको हो, के प्रयोजनका लागि किनेको हो, कुन मात्रामा किनेको हो र त्यसपछि त्यति मात्रा प्रयोग भयो कि भएन, त्यसको बाँकी अंश छ भने त्यो फिर्ता गर्नेसम्मका प्रबन्ध कडाइ र व्यवस्थित गरेर मात्रै एसिड बिक्री वितरण गर्ने वा एसिडको आवश्यकता पर्नेहरुलाई मात्रै उपलब्ध गराउने त्यो खालको परिपाटी विकास गर्नैपर्छ’, उनले भने । पूर्वप्रधानमन्त्री ओलीले एसिड कसरी, कहाँ र कति प्रयोग भयो भन्ने रिपोर्ट पनि प्रशासनले दिनुपर्ने समेत बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *