चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत वीर अस्पताल हुनु हुँदैन : सचेतक बर्तौला

सेयर गर्नुहोस्

१५ माघ, काठमाडौं । नेकपा एमालेका सचेतक महेशकुमार बर्तौलाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गत वीर अस्पताल हुनु नहुने बताएका छन्। सोमबार बिहान सिंहदरबारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले न्याम्सअन्तर्गत नै वीर अस्पताल हुने हो भने नेपाल सरकारको केन्द्रीय अस्पताल कुन होरु भन्दै प्रश्न समेत गरेका छन् । छलफलमा रहेको विधेयक असाध्यै स्पष्ट ढंगले ल्याइएको र विधेयकमा राखेको प्रावधान र व्यवस्था यो स्वास्थ्य क्षेत्रलाई सरकारले केन्द्रीय अस्पतालका रुपमा वीर अस्पताललाई अघि बढाउनुपर्छ भन्ने भावनासाथ ल्याइएको देखिने बर्तौलाले बताएका छन्।

उनले प्रतिष्ठानअन्तर्गत रहने हो भने सरकारले भनेको कुराहरु अस्पतालहरुले नमान्ने स्थिति आउने विगतको अनुभवबाट जानकारी पाएको उल्लेख गरे। न्याम्स प्रतिष्ठान मात्रै भएकाले आफ्नो युनिभर्सिटी बनाउन नसकेको समयसम्म वीर अस्पतालसँग सम्झौता गरेर चलाउन सकिने उनको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *