ललितपुरमा एक जना जर्मन नागरिक मृत फेला

सेयर गर्नुहोस्

१५ माघ, काठमाडौं । ललितपुरको नागबहालमा एक जना जर्मन नागरिक मृत फेला परेकी छन् । सोमबार बिहान नागबहालस्थित अपार्टमेन्टमा महिला मृत फेला परेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नवराज कार्कीले जानकारी दिए । महिलाको सनाखत भइसकेको छैन । उनी एक वर्षदेखि त्यहाँ बस्दै आएको खुलेको छ । अहिले ललितपुर प्रहरी अनुसन्धानका लागि घटनास्थलमा जाँदैछन् । महिलाको मृत्यु कसरी भएको भन्ने खुलिसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *