प्रधानमन्त्री दाहाल वीरगन्जमा

सेयर गर्नुहोस्

१५ माघ, सिमरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड वीरगन्ज आइपुगेका छन् । प्रधानमन्त्री प्रचण्ड नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको सङ्गठन प्रेस सेन्टर नेपालको २० औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा भाग लिन वीरगन्ज आइपुगेका हुन् । प्रधानमन्त्रीलाई सिमरा विमानस्थलमा बारा र पर्साका सुरक्षा निकाय, माओवादी केन्द्रका नेताहरू, प्रदेश कमिटी सदस्यहरू, जिल्ला अध्यक्ष र केही स्थानीय तहका प्रमुखहरूले स्वागत गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *