आर्यन मल्ल, काठमाडौं । आजको परिस्थितिमा थुप्रै राजनितीक क्रीयाकलापको सक्रीयताले हाम्रो रास्ट्र नेपालका प्रत्यक व्यक्ति प्रतक्ष्य अथवा अप्रत्यक्ष रुपमा राजनैतिक मैदानमा आबद्ध छन्। ति प्रत्यक व्यक्तीहरु मध्यको एक युवाहरुको समुह पनि हो।रास्ट्रीय होस या अन्तरास्ट्रीय परिवर्तनमा युवाहरुको ठूलो भुमीका हुन्छ। युवाहरुले कुन बाटो रोज्ने भन्ने कुरा केहि त स्वयम युवाकै हातमा हुन्छ र केही पारिवारीक तथा सामाजीक परिस्थितिमा भर पर्छ।
युवा एक तेस्तो उमेर समुह हो जुन जोस र जागरले भरिपुर्ण हुन्छ।जस भित्र केहि गर्छु र गर्न सकिन्छ भनेर लक्ष्य तयार पार्ने हुटहुटि हुन्छ।यदि युवाहरुको जोस र जागरलाई अध्यन सहितको सकारात्मक तरिकाले मार्ग दर्शन गर्ने हो भने युवाहरुको सोच र व्यवहारले पक्कै अनुकुल उपलब्धी हासील हुन्छ।विश्वमा परिवर्तनका निम्ति भएका ठुला ठुला क्रान्तिहरुमा युवाहरुको बाक्लो सहभागीताले सफलता प्राप्त गरेको इतिहास छ।सान्तीपुर्ण होस या सशस्त्र संघर्ष हरेक संघर्षका पाइलाहरुमा युवाहरुको अमुल्य योगदान भेटिन्छ।
२. युवाहरुको बाटो कुन हो र वर्तमान अवस्थामा युवाहरु कुन बाटो तर्फ यात्रा गर्दै छन् भनेर बुझ्ने र सहि बाटो देखाउने जिम्मेवारी राज्य हाक्ने सरकारको हुन्छ।तर आजको परिस्तिथीमा युवाहरुलाई विभिन्न राजनितीक दलहरुले आफ्नो स्वार्थ पूरा गर्नका निम्ति आफु अनुकुल प्रयोग गर्दै आएको पाइन्छ।यस्तो अवस्थामा युवाहरुको भविस्य माथि नै खेलवाड भएको छ भन्दा फरक पर्दैन । हाम्रो देश नेपालबाट वैदेशीक रोजगारीका निम्ति थुप्रै युवाहरु विदेशीनु पर्ने बाध्यता छ । कयौँ को पारिवारीक अवस्था त कयौँको अवसरको कमिले गर्दा कुनै न कुनै कारणवस युवाहरु आफ्नो माटो छोडि विदेशी माटो ढोग्नु पर्ने बाध्यता सिर्जना भएको छ । तर के विदेशीयका युवाहरु स्वदेश फर्कन छन् ।
तरु अनुभव बटल्नु भनेको सत्य ज्ञान आर्जन गर्नु हो । विदेशमा बटुलेको अनुभव,त्याहा सीकेको सीपको प्रयोग स्वदेश फर्केर गर्ने प्रयत्न गर्ने हो भने नया नया कुराको खोज र अनुसन्धान जस्ता कुराले प्राथमिकता पाउछ। आज एक्काइसौं स्ताब्दीमा मानव सभ्यता छ । आधुनिकताको प्रत्यक घर घरका ढोका सम्म पुगिसकेको छ । हिजोको दिनमा असम्भव भनिने आजको दिनमा सम्भव छ।यस्तो अवस्थामा कुनै निस्चित भुभागमा प्रयोगमा आएका विचारहरु तथा व्यवहारहरु अर्को भुभागमा सहजै लागू गर्न सकिने अवस्था छ।
३. आज नेपालको राष्ट्रीय अवस्था हेर्ने हो भने विदेशीयका युवाहरु यस रास्ट्रमा फर्किन चाहादैनन् । थुप्रै युवाहरुले नेपालमा भविस्य नभएको र यहाँ केहि पनि हुदैन भन्ने भाव बोकेका छन् र यी सबै परिस्तिथी उकुसमुकुस यस राज्यकै गैर जिम्मेवारी पुर्ण राजनितीले सिर्जना गरेको हो। साचीकै भन्नू पर्दा यस रास्ट्रभित्र सम्भावना नभएको देखा पर्छ र केही पनि गर्न सकिदैन है भन्ने अवस्था पनि सिर्जना भएको पाइन्छ। तर केही पनि हुदैन भनर हात बाधी बस्ने हो भने केही हुदैन। यदि अलिकती भए पनि केइ न केइ परिवर्तन हुन्छ कि भनेर लाग्ने हो भने वर्तमान अवस्था भन्दा पक्कै परिवर्तन हुन्छ, तर त्यसको लागि युवाहरु को त्याग आबश्यक पर्छ ।
अहिले प्राय युवाहरु रास्ट्रवादी भन्दा व्यक्तिवादि भएको पाइन्छ।जो सबै भन्दा ठुलो कमजोरी हो । हिजोको दिनम गणतन्त्र आउदैन भनेए बसेको भैदिए आज गणतन्त्र आउदैन थ्यो होला ! हो त्यसैले अहिलेको अव्स्थामा गणतान्त्रिक व्यवस्था भित्र देखिएका वेथितीहरु परिवर्तन गर्ने आँट गरिदैन भने। यस रास्ट्रको अवस्था अझै गम्भीर हुँदै जाने छ।युवा भनेको देशको खम्बा हो।कुनै पनि परिवर्तनमा युवाहरुको सहभागीता भयो भने, परिवर्तनको गाडिको चक्का अलि छिटो कुद् छ। यस रास्ट्रको मुहार फेर्ने जिम्मेवारी युवाको पनि हो।
४. युवालेले रास्ट्रका निम्ति एक शक्तीको रुपमा उदाउन आवश्यक छ। युवाले आफुलाइ समाजमा नेतृत्व गर्नका निम्ति पनि तयार पार्न आवश्यक छ। राजनिती देखि अन्य जिम्मेवारी पुर्ण क्षेत्रहरुमा युवाहरुको खाँचो छ। आजको अवस्थामा युवाहरुको रुची अध्यन तर्फ देखिएको छैन। देश हाक्न आँट गर्ने युवाहरु अध्यनशील हुन जरुरी छ।खोज अनुसन्धान जस्ता क्रीयाकलापहरुमा युवाहरु व्यापक सक्रीयता हुनु पर्छ। आज रास्ट्र भित्र सम्भावना देखा नपर्दा पनि रास्ट्र भित्र नै सम्भावना सिर्जना गर्ने जिम्मेवारी युवाहरुले लिनु पर्छ।साथ समर्थन जस्ता कुरामा पनि सचेत हुन आवश्यक छ। सहिलाई समर्थन गर्ने तर कसैको अन्धभक्त नबन्ने भन्ने सोच युवामा हुन जरुरी छ। मानव सभ्यताको इतिहास हेर्ने हो भने प्रत्यक शताब्दीमा मानवले प्रकृति सङ्गको संघर्षमा नया नया खोज र विचारहरु सीर्जना गरेको छ।जस्कै आधारमा आज सिङ्गो मानव सभ्यताले आधुनिकता को स्वाद प्राप्त गरेको छ ।
नोट : लेखक आर्यन मल्ल त्रिचन्द्र क्याम्पसमा राजनितिशास्त्र दोस्रो बर्षमा अध्ययनरत छात्र हुन् । उनी अनेरास्ववियू त्रीचन्द्र क्याम्पसका सक्रिय सदस्य समेत हुन् ।