सञ्चारमन्त्री उपस्थित नभएपछि समितिको बैठक स्थगित

सेयर गर्नुहोस्

१६ माघ, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा उपस्थित नभएपछि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक स्थगित भएको छ । सरकारले ल्याएको सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल गर्न मंगलवार मन्त्री शर्मालाई बैठकमा बोलाइएको थियो ।

तर, सञ्चारमन्त्री शर्मा अस्वस्थ भएको भन्दै बैठकमा उपस्थित भइनन् । त्यसपछि समितिका सभापति भानुभक्त जोशीले बैठक स्थगित भएको जानकारी गराए । त्यसअघि संसदीय समितिमा छलफलका लागि आमन्त्रित एमाले सांसद रघुजी पन्तले प्रतिनिधि सभा नियमावलीको व्यवस्थाअनुसार मन्त्रीको उपस्थिति विना बैठक अघि बढ्न नसक्ने भन्दै समिति सभापति जोशीको ध्यानाकर्षण गराएका थिए । प्रतिनिधि सभा नियमावली २०७९ को १७८ को (४) मा समितिमा विधेयकमाथि हुने छलफलमा मन्त्रीको उपस्थिति अनिवार्य हुने व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *