सुदूरपश्चिमका सामाजिक विकास मन्त्री साउदविरूद्ध प्रहरीमा उजुरी

सेयर गर्नुहोस्

१६ माघ, धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री झपटबहादुर साँउदबाट असुरक्षा भएको भन्दै बझाङको बुंगल नगरपालिका–१ का धनबहादुर बोहराले प्रहरीमा उजुरी दिएका छन् । मन्त्री साँउदले ज्यान मार्ने धम्की दिएको भन्दै उनले सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीमा उजुरी दिएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदीप चन्दले, साँउदले आफूलाई ज्यानको धम्की दिएको भन्दै बोहराले उजुरी दिएको जानकारी दिए ।

उनका अनुसार बोहराले साउदलाई विभिन्न मितिमा पैसा दिएको तर फिर्ता माग्दा उल्टै ज्यान मार्ने धम्की दिएको उल्लेख गरेका छन् । मन्त्री साउँदले भने आफूविरूद्व बोहराले उजुरी दिएको विषयमा जानकारी नभएको बताए । त्यसबारे बुझिरहेको बताउँदै साउँदले उनीसँग कुनै लेनदेन नभएको बताए । उनले आफूले धम्की दिएको कुरा सत्य नभएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *