नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास गरिरहेका छौँ : महामन्त्रि थापा

सेयर गर्नुहोस्

१८ माघ, जनकपुरधाम । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली समाजलाई निराशाबाट बाहिर निकाल्ने प्रयास स्वरुप आफूले संवाद यात्रा गरेको बताएका छन् । झापाबाट सुरु गरेको संवाद यात्राको क्रममा बिहीबार महोत्तरीको भोल्हीमा नेपाल प्रेस युनियन महोत्तरी शाखाले गरेको पत्रकार सम्मेलनमा महामन्त्री थापाले समुदायको समस्या बुझ्ने यात्रामा रहेको बताए । जनताको सवाल राजनीति मुद्दा बन्नुपर्ने बताउँदै उनले भने ‘युवाको रोजगारीको विषय, किसानको सिँचाइ समस्या, विद्यार्थीको पढाइको अवस्था, स्वास्थ्य र खेतखलिहानको विषय राजनीति मुद्दा बन्नुपर्छ ।’

उनले धनुषा(महोतरीका किसान निलगाईले बाली खाइदिने समस्याबाट आक्रान्त रहेको आफूले जानकारी पाएको बताए । ‘किसानको खेतमा सिँचाइको समस्या छ । तर यो समस्याको विषयमा राजनीतिमा छलफल हुदैन । छलफलमा यस्ता विषय उठाउन खोज्दा उठाउनै दिइँदैन’, उनले भने, ‘जनताले दैनिक भोगिरहेको समस्या बारे गठबन्धन सहितको राजनीति दलको प्राथमिकतामा परेको छैन । आफूले गरेका कमीकमजोरी पत्ता लगाउन समेत यो संवाद कार्यक्रमले मद्दत पुग्ने महामन्त्री थापाको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *