सिरहामा भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा एकजनाको मृत्यु

सेयर गर्नुहोस्

१९ माघ, सिरहा । सिरहामा पिकअप भ्यान अनियन्त्रित भई घरमा ठोकिँदा एकजनाको मृत्यु भएको छ। दुर्घटनामा ५ जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। जिल्लाको सुखिपुर नगरपालिका १ शिवनगरका जितन मोची र भोरिल रामको घरमा प्र। २–०१–००१ च ०६३१ नम्बरको पिकप भ्यान अनियन्त्रित भइ ठोकिँदा ७२ वर्षीय जितन मोचीको मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परी गम्भीर घाईते मोचीलाई उपचारको लागि अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए। शव रामकुमार उमाप्रसाद प्रादेशिक अस्पताल लहानमा राखिएको छ। 

घटनामा ७० वर्षीय गुजरी राम र चालक १८ वर्षीय शंकर यादव गम्भीर घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारको लागि विराटनगर लगिएको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रवीन्द्र राज पाण्डेले जानकारी दिए। अन्य तीनजनाको लहान र धनगढीका स्वास्थ्य संस्थाहरुमा उपचार भइरहेको छ। प्रहरीले राति नै गाडी र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *