आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर

सेयर गर्नुहोस्

२१ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाले आलोकनगरमा सार्वजनिक जग्गा मिचेर बनाएको संरचनामाथि डोजर चलाएको छ। आइतबार काठमाडौं महानगर-३१ आलोकनगरस्थित सार्वजनिक जग्गा मिचेर बनाइका संरचनामाथि डोजर चलाइएको महानगर प्रहरी बलका प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए। उनका अनुसार त्यहाँ केही सार्वजनिक जग्गा मिचेर संरचना बनाइएका थिए भने केही नक्सा पास नगरी संरचनाहरू बनाएका थिए।  त्यहाँ आज १४ वटा टहराहरूमाथि डोजर चलाइएको छ, उनले भने, त्यहाँ महानगरपालिकाले खेलकुद पार्क बनाउने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *