पाल्पामा श्रीमान र श्रीमती मृत फेला

सेयर गर्नुहोस्

२३ माघ, पाल्पा । पाल्पामा श्रीमान र श्रीमती मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको रिब्दीकोट गाउँपालिका ८ काहुले बस्ने ४२ वर्षीया श्यामकला गाहा र श्यामकलाकी श्रीमान् ५३ वर्षीय अम्मरबहादुर गाहा रहेको प्रहरीले जनाएको छ। श्रीमती आफ्नै घरको बिस्तरामा र श्रीमान् अर्को कोठामा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ।

यस्तै, रिब्दीकोट २, दम्बकका ६५ वर्षीय भक्तबहादुर सार्की आफ्नै गोठको तल्लो तलामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । दुवै घटनाको बारेमा थप अनुसन्धान कार्य चलिरहेको सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *