खैरो हेरोइनसहित दुई जना पक्राउ

सेयर गर्नुहोस्

२२ माघ, काठमाडौं। चन्द्रागिरी नगरपालिका २ नागढुंगाबाट लागूऔषध खैरो हेरोइनसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। ७६ ग्राम खैरो हेरोइनसहित सोमबार दिउँसो प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा नुवाकोटको तादी गाउँपालिका ६ का २९ वर्षीय आदम तामाङ र उनकै भान्जा नाता पर्ने सोही ठाउँ बस्ने २२ वर्षीय दिलबहादुर तामाङ रहेका छन्।

प्रहरी प्रभाग नागढुंगा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नागढुंगाबाट खटिएको संयुक्त टोलीले धादिङबाट काठमाडौंतर्फ आउँदै गरेको ग १ ख ६९०२ नम्बरको माइक्रो बसलाई जाँच गर्ने क्रममा माइक्रोमा सवार आरोपीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको हो। लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *