पुर्वमन्त्री बुढाथोकीको निधनमा कांग्रेसले २५ गतेसम्म आधा झण्डा झुकाउने

सेयर गर्नुहोस्

२३ माघ, काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसको केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनमा नेपाली कांग्रेसले आजदेखि २५ माघसम्म पार्टीका कार्यालयको झण्डा आधा झुकाउने चएको छ। नेपाली कांग्रेसले पार्टी कार्यालयमा तीन दिन झण्डा आधा झुकाउने भएको छ । आज बसेको पार्टी केन्द्रीय समितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र सबै जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने र पूर्व निर्धारित सबै कार्यक्रमहरू स्थगित गर्ने निर्णय गरेको छ । बुढाथोकीको निधनमा समुदायमा कांग्रेस अभियान स्थगित गरिएको छ । महामन्त्री गगन थापाले गरिरहेको संवाद यात्रा पनि रोकेका छन् ।

२४ माघमा केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने कांग्रेसले निर्णय गरेको छ । बुढाथोकीको निधन भएको १३ औं दिनमा झापामा शोक सभा आयोजना गर्ने कांग्रेसले निर्णय गरेको छ । ७९ वर्षीय बुढाथोकीको गएराति विराटनगरस्थित विराट अस्पतालमा निधन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *