शान्तिवाटिकामा धर्नामा बसेकाहरुलाई हटायो महानगरीय प्रहरीले

सेयर गर्नुहोस्

२३ माघ, काठमाडौं । शान्तिवाटिकामा धर्नामा बसेका मिटरब्याज पीडित, आरती साहका परिवार लगायत अन्य धर्नामा बसेका ब्यक्तिहरुलाई महानगरीय प्रहरीले हटाएको छ । आज बिहान करिब साढे आठ बजेतिर पुगेको नगर प्रहरीको टोलीले धर्नामा बसेकाहरुलाई लछारपछार गर्दै हटाएको पीडितहरुले बताएका छन् । 

यसअघि माइतीघरमा धर्नामा बसेकाहरुलाई प्रहरी प्रशासनले हटाएको थियो । माइतीघरमा निषेधित क्षेत्र घोषणा गरेर धर्ना र प्रदर्शन गर्नेहरुका लागि भृकुटीमण्डपमा स्थान तोकिएको थियो । तर मिटरब्याज पीडित लगायतका समूह शान्तिवाटिकामा धर्नामा बस्दै आएका थिए । 

विभिन्न माग राख्ने समूहरु ११ महिनादेखि शान्ति बाटिका कब्जा गरेर बसेको र त्यसका कारण रानीपोखरीसमेत फोहोर हुन थालेकाले उनीहरुलाई हटाउनु परेको काठमाडौं महानगरपालिकाका नगर प्रहरीको भनाई छ । उनले शान्ति बाटिकामा धर्नामा बस्नेहरु भान्छा र बिस्तारसहित स्थायी रुपमै बसेको भन्ने सूचना आएपछि उनीहरुलाई हटाउन महानगरले आदेश दिएको बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *