गठबन्धन सरकारले जनताको अपेक्षाअनुसारको काम गर्न सकेन : महामन्त्रि थापा

सेयर गर्नुहोस्

२३ माघ, रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गठबन्धन सरकारले अपेक्षाअनुसारको नतिजा दिन नसकेको बतएका छन् । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार बन्दा जुन रुपमा उत्साह थियो, सोहीअनुरुप उल्लेखित नतिजा ल्याउन नसकेको बताएका छन् । निर्वाचन अगाडि गठबन्धन गर्ने परिपाटी नबदल्ने हो भने पार्टीमा चरम निराशा छाउने भएकाले पार्टीको नीतिमार्फत नै यो बदल्नु जरुरी रहेको नेता थापाको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका थापाले संवाद यात्राका क्रममा आमनागरिकले थुप्रै समस्या उठान गरेकोमा मूलतः भौतिक पूर्वाधारसँग सम्बन्धित साझा खालका राष्ट्रिय समस्या बढी उठान भएको बताए । यात्राका क्रममा आयोजना सुरु भएर १०–१२ वर्षसम्म पनि पूर्णता नपाउँदा त्यसले पु¥याएको क्षति, स्वास्थ्य संस्थाहरु नचलेको, कृषि क्षेत्रका समस्या, सहकारी, लघुवित्त र वैदेशिक रोजगारीबाट ठगिएकालगायतका आमनागरिकका समस्या पाइएको महामन्त्री थापाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *