वर्तमान प्रणालीकै कारण सुशासन हुन सकेन : राजेन्द्र लिङ्देन

सेयर गर्नुहोस्

२४ माघ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान प्रणालीकै कारण सुशासन नभएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्ने क्रममा उनले वर्तमान निर्वाचन प्रणाली, नियुक्ति प्रणाली, ऐन निर्माण गर्ने विधिका कारण अपेक्षा गरेको परिवर्तन सम्भव नभएको दाबी गरे । ‘कुनै हालतले देश अगाडि बढ्न सक्दैन । यो कुरा राप्रपाले मात्रै होइन, उत्कृष्ट व्यवस्था भन्नेहरुले स्विकारिसक्नुभएको छ,’ लिङ्देनले भने ।

परिवर्तनको नाममा आएको व्यवस्था गणतन्त्र नै नभएको लिङ्देनले ठोकुवा गरे । जनताले यो व्यवस्थालाई लुटतन्त्र भनिरहेको सदनमा उनले सुनाए । केही सिमिति राजनीतिक दल र तिनका सिमित नेताहरुहरुको मुठ्ठीमा देश कैद भएको लिङ्देनले आरोप लगाए ।

राप्रपाले पछाडि फर्कन नखोजेको तर्क राख्दै लिङ्देनले देश यही अवस्थामा रहिरहन नसक्ने बताए । ‘अब नयाँ सम्झौता गरेर अगाडि जानुपर्दछ । कसैलाई निषेध गरेर मुलुक अगाडि बढ्दैन भन्ने कुरा प्रमाणित भइसक्यो,’ लिङ्देनले सदनमा भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *