किसानले भैंसी बेचेको ४/५ लाख लिएर हिँड्यो भने प्रहरीले समातेर सम्पत्ति शुद्धीकरणको मुद्दा लगाउँछः रामहरि खतिवडा

सेयर गर्नुहोस्

२५ माघ,काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले किसानले भैँसी बेचेको पैसा पनि बोकेर हिँड्न मिल्ने वातावरण समेत नभएको बताएका छन्। बुधबार प्रतिनिधि सभामा सम्पत्ति शुद्धिकरण सम्बन्धी विधेयकबारे छलफलमा बोल्दै खतिवडाले भैँसी बेचेको पैसा बोकेर हिँडेका किसानलाई प्रहरीले भेटे सम्पत्ति शुद्धिकरणको मुद्दा लगाएर जेल हाल्ने गरेको बताएका हुन्।

‘आयस्रोत के हो ? कहाँबाट ल्याइस् भनेर समात्छ,’ उनले भने, ‘भैँसी बेचेर पैसा ल्याएको भन्यो भने पुलिसले पत्याउँदैन अनि त्यसलाई मनि लाउन्डरिङ अन्तर्गत जेल हालिन्छ। यो पद्धति अन्त्य गर्न पनि सांसदहरूले बनाउने कानुनले सहयोग गर्नुपर्ने उनले बताए। खतिवडाले क्यासिनो खोल्न दिने तर अर्बौं रोयल्टी नतिर्ने प्रवृत्तिको पनि अन्त्य हुनुपर्ने बताए। त्यस्तै बाहिरबाट पुँजी ल्याउँदा लगानीको क्षेत्रमा केही खुकुलो गरिनुपर्ने पनि उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *