गठबन्धनले मुलुकलाई बन्धक बनाराखेको छ : महासचिब पोखरेल

सेयर गर्नुहोस्

२४ माघ, बुटवल । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनअघि गरिएको गठबन्धनले मुलुकलाई बन्धक बनाएको बताएका छन् । जनताबाट तिरस्कृत दलहरु समेत गठबन्धनको आडमा चुनावमा जितेर सत्तामा टिकिरहन पाएपछि मुलुक सबै क्षेत्रमा अप्ठ्यारोमा परेको उनले टिप्पणी गरे । रुपन्देहीले बुटवलमा नेकपा एमालेले आयोजना गरेको प्रशिक्षणमा महासचिव पोखरेलले गठबन्धनमा आवद्ध दलहरु सत्ता टिकाउने खेलमा मात्र व्यस्त भएको आरोप पनि लगाए ।

कांग्रेस सधैं यथास्थितिको पक्षधर भएको र आन्दोलन संस्थागत गर्ने बेला जहिल्यै धोका दिने गरेको आरोप लगाउंदै उनले एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने दाबी गरे । आगामी चुनावमा एमालेको बहुमत आउने गरी काम गर्न नेता कार्यकर्तालाई उनले निर्देशन गरे । दुर्गा प्रसाईँ अराजकताको प्रतिनिधि भएको टिप्पणी गर्दै पोखरेलले त्यस्ता व्यक्ति बेलाबखत पार्टीमा जन्मने बताए । यस्ता व्यक्तिप्रति पार्टी र जनता होसियार हुनुपर्ने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *