नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बस्दै

सेयर गर्नुहोस्

२६ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक जारी छ । पार्टी मुख्यालय पेरिसडाँडामा जारी बैठकमा मस्यौदा विधान २०८० माथि छलफल भइरहेको छ । आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसायिमक विषयमा ब्रिफिड गरिरहेका छन् । बैठक भोलिसम्म चल्नेछ । यो बैठकले आइतबार र सोमबार बस्ने केन्द्रीय समितिको बैठकको एजेण्डा तय गर्नेछ । केन्द्रीय समितिको बैठकले फागुन पहिलो साता हुने पार्टीको विधान सम्मेलनको एजेन्डा तय गर्नेछ । विधान सम्मेलनले पार्टीको विधानलाई पूर्णता दिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *