बसको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

सेयर गर्नुहोस्

२८ माघ, काठमाडौं । बसले मोटरसाइकललाई ठक्कर दिंदा भक्तपुरमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका(७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् । सूर्यविनायक नगरपालिका( १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा।७८ प।३१५५ नं। को मोटरसाइकललाई ठक्कर दिएको थियो । बसको ठक्करपछि सख्त घाइते भएका मोटरसाइकल चालक तिमिल्सिनाको मध्यपुर अस्पतालमा शनिबार राति नै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका(७ घर भई काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *