माओवादी केन्द्रले थप्यो १८ जना वैकल्पिक केन्द्रीय सदस्य

सेयर गर्नुहोस्

२९ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रले १८ जना वैकल्पिक केन्द्रीय सदस्य थप गरेको छ । फागुन पहिलो सातादेखि सुरु हुने पार्टीको विधान सम्मेलनको तयारीका लागि गत २६ र २७ गते बसेको पार्टी स्थायी कमिटी बैठकले १८ जना केन्द्रीय सदस्य थप्ने निर्णय गरेको हो । 

माओवादीले थप गरेका वैकल्पिक केन्द्रीय सदस्यमा लालबहादुर सुस्लिङ, शंकर राई, रिपुप्रसाद राई, महादेव महतो, टंक गिरी, रामसुर बुढा, पुरन केसी, राजेन्द्रवीर राय, नारायण महर्जन, हिरानाथ खतिवडा, मनऋषि धिताल, खिलाबहादुर भण्डारी, मैनकुमार मोक्तान, चन्द्रबहादुर खड्का, विवश चिन्तन देवकोटा, गंगा पोखरेल र विजय वनेम छन् । वैकल्पिक केन्द्रीय सदस्य थप गरेको आन्तरिक सर्कुलरमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ र महासचिव देव गुरूङले हस्ताक्षर गरेका छन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *