किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन : माधव सापकोटा

सेयर गर्नुहोस्

१० फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले दूध उत्पादक किसानको व्यवसाय गम्भीर संकटमा परेको भन्दै किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न नसक्ने टिप्पणी गरेका छन् । । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद सापकोटाले सहरको पैसा गाउँ-गाउँमा लैजाने र आत्मनिर्भर हुँदै गरेको दूध व्यवसाय अहिले गम्भीर संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन् ।

गाई भैंसीको दूध बेचर जीवन निर्वाह गर्ने, गर्जो टार्ने किसानहरु अहिले मारमा परेको भन्दै उनले दुई हजार दूध उत्पादक सहकारीहरु, ३० हजार रोजगार दाताहरुबाट ५ लाख घरधुरीहरु यो व्यवसायबाट प्रत्यक्ष लाभान्वित रहेको तर डीडीसीले भदौदेखि हालसम्म भुक्तानी नदिँदा किसानहरुमा मारमा परेको बताए । ‘किसानले सडकमा दूध मात्रै पोखेका छन् जनआक्रोश पोखियो भने सरकारले थेग्न सक्दैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *