नेपालका अर्थ ब्यवस्था १०÷१२ जनाको हातमा गयो : सांसद भण्डारी

सेयर गर्नुहोस्

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नेपालको अर्थव्यवस्था १०–१२ जनाको हातमा रहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले नेपालको आर्थिक नीति गलत भएको बताएका हुन् । ‘हामीले बहुदलीय व्यवस्था प्राप्त गरेको ३४ वर्ष भयो । तर आर्थिक रुपमा यो संसदमा बारम्बार प्रश्न उठिरहेको छ– किन १०÷१२ जनाको हातमा अर्थ व्यवस्था गयो ?’ भण्डारीले प्रश्न गरे ।

अर्थतन्त्रका एक भन्दा बढी क्षेत्रमा एकै व्यक्तिको स्वामित्व रहेको भन्दै भण्डारीले यो गलत भएको बताए । ‘उसैको हातमा बैंक छ, उसैको हातमा उद्योग छ, उसैको हातमा बीमा छ, उसैको हातमा जलस्रोतको लाइसेन्स छ । उसैको हातमा हस्पिटल छ, उसैको हातमा स्कुल छ, उसैको हातमा जमिन खन्ने लाइसेन्छ छ’ सांसद भण्डारीले भने, ‘अब यो देश कसरी बन्छ ? गलत आर्थिक नीतिको कारण अर्थव्यवस्था सीमित व्यक्तिको हातमा पर्न गएको भन्दै उनले यस्तो व्यवस्था अन्य मुलुकमा नभएको दाबी गरे ।

नेपालले सुरु गरेका विकास आयोजनाहरु कहिल्यै समयमै सम्पन्न नभएको भ्न्दै उनले मेलम्ची आयोजना र सडक आयोजनाहरु समयमा पूरा नहुँदा पनि कसैलाई कारबाही नभएको बताए ।  विगतमा कांग्रेस नेतृत्वकै सरकारले निजीकरण सुरु गरेको स्मरण गर्दै उनले भने, ‘त्यो निजीकरण उद्योग सञ्चालमा गरेका थियौं । बाँसबारीको जग्गा बेच्नका निम्ति गरेका थिएनौं । भृकुटी कारखाना, हेटौंडा कपडा उद्योग, जुट मिल सञ्चालनका लागि ती उद्योगलाई निजीकरण गरिएको भन्दै सांसद भण्डारीले भने, ‘आज यी सबै लथालिंग भएका छन् । त्यो उद्योगहरु भताभुङ्ग भएका छन् ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *