कांग्रेसलाई एक बनाउन आवश्यक छ : नेता कोइराला

सेयर गर्नुहोस्

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीमा एकताको आबश्यकता भएको बताएका छन् । आफ्नो पहिलो प्रयत्न कांग्रेस एक बनाउनु रहेको भन्दै उनले महासमिति बैठकको समापन सत्रमा पार्टीभित्र एकताको आवश्यकता रहेको औंल्याए । कांग्रेस रूपान्तरणको आफ्नो अविचलित यात्रा जारी रहेको बताउँदै उनले महासमिति बैठकले भविष्यको कांग्रेस कस्तो हुने र बनाउने ठोस छलफल भएको बताए । यसले पार्टीमा नयाँ ऊर्जा सञ्चार गर्ने उनको विश्वास छ ।

महासमिति बैठकको समापन कार्यक्रममा पहिलो सम्बोधन गर्दै कोइरालाले पार्टीभित्र एकताका आधारहरू निर्माण गर्नुपर्ने दायित्व सबैमा रहेको बताए । एकताको आधारहरू निर्माण गर्नुपर्ने दायित्व सबैको काँधमा छ, मेरो सारा प्रयत्न यसैमा रहनेछ, उनले भने । उनले महासमितिको बैठकपछि नेता कार्यकर्ता उर्जा लिएर कर्म भूमिमा फर्कने अपेक्षा आफूले राखेको बताए । निर्वाचन प्रणाली परिवर्तनका आवश्यकता रहेको बताउँदै कोइरालाले त्यसको पहलकर्ता कांग्रेस हुनुपर्ने बताए । यो देशमा केही हुँदैन भन्ने भाष्य निर्माण भएको र त्यसलाई चिर्न राज्य संयन्त्र मात्रै पर्याप्त नहुने भएकाले पार्टी संगठन व्यापक रुपमा परिचालन हुनुपर्ने उनले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *