भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते

सेयर गर्नुहोस्

११ फाल्गुन, मोरङ । मोरङको बुढीगंगा गाउँपालिका–४ को प्रगतिटोलमा भारतीय नम्बर प्लेटको मालवाहक ट्रक पल्टिँदा तीन बालबालिकासहित चार जना घाइते भएका छन् । विहान मार्बल लिएर आउँदै गरेको आर।जे। २९ जी।बी। १५६१ नम्बरको ट्रक साँघुरो सडकमा पल्टिएको थियो ।

ट्रकले तीन बालबालिकालाई किचेको छ भने अर्का एक जनाको खुट्टा च्यापिएको छ । बच्चाहरूको अवस्था भने गम्भीर छ । ट्रकले किचेर बच्चाहरू घाइते भएपछि स्थानीयबासी आक्रोशित बनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *