थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी

सेयर गर्नुहोस्

११ फाल्गुन, काठमाडौं । काठमाडौको थापाथलीस्थित प्रसूति गृहबाट नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा उजुरी परेको छ । काठमाडौं प्रहरी प्रवक्ता नवराज अधिकारीले शुक्रबार दिउँसो १२ बजे बच्चा चोरी भएको भन्ने सूचना प्राप्त भएपछि प्रहरीले अनुसन्धान गरिरहेको जानकारी दिए ।

प्रहरीका अनुसार २६ दिनको नवजात छोरी हेरिदिने भन्दै एक महिलाले लिएर भागेको उजुरीमा उल्लेख छ । आमा-बच्चाको फलो अप चेकका लागि शुक्रबार प्रसूति गृह ल्याइएको थियो । ‘सीसीटीभी फुटेजमा एक महिलाले बच्चा लिएर गएको देखिन्छ । हामी खोजी गरिरहेका छौँ’, अनुसन्धानमा खटिएका एक अधिकारीले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *