मिटरब्याज पीडितहरूको आन्दोलनमा झलनाथ खनाल ऐक्यबद्धता जनाउँदै सहभागी हुने

सेयर गर्नुहोस्

१३ फाल्गुन, काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल मिटरब्याज पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै सहभागी हुने भएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका खनालले यसअघि उनीहरूको आन्दोलनप्रति समर्थन जनाएका थिए ।

नेता खनाल पीडितहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउन आइतबार दिउँसो भृकुटीमण्डप जाने कार्यक्रम रहेको खनालको निजी सचिवालयले जनाएको छ । देशभरका मिटरब्याज पीडित गत बिहीबार काठमाडौँ आएका हुन् । उनीहरूलाई सरकारले वार्ताका लागि अहिलेसम्म बोलाएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *